माओवादी केन्द्र पथरीशनिश्चरे ७ नं. वडा कमिटीको अध्यक्षमा मोहन - Pahilo Online

माओवादी केन्द्र पथरीशनिश्चरे ७ नं. वडा कमिटीको अध्यक्षमा मोहन

writer

पहिलो अनलाइन

पथरी । नेकपा (माओवादी केन्द्र) ले पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन, पुनःगठन गरी यथार्थ विवरण तयार पार्न दिइएको निर्देशन अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा संगठन निर्माण तीव्र गतिमा भइरहेका छन् ।

साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी केन्द्रीय कार्यालयमा उपलब्ध गराउन दिइएको निर्देशन बमोजिम मोरङको पथरीशनिश्चरेका वडा कमिटी धमाधम गठन हुन थालेका छन् । विहीबार सम्पन्न वडा पार्टीको विस्तारित भेलाले मोहन नेम्बाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ । समितिको सचिवमा मानबहादुर बस्नेत चयन भएका छन् ।


संविधानसभा सदस्य एवं प्रदेश कमिटि सदस्य लालबहादुर सुस्लिङ, जिल्ला सचिवालय सदस्य दिननाथ तिम्सिना, जिल्ला सदस्य बालकुमार मगर, नगर कमिटीका पदाधिकारीहरुको उपस्थितिमा वडा कमिटी चयन भएको हो ।

नव गठित वडा कमिटीको सदस्यहरुमा चन्द्र गुरुङ, कृष्णबहादुर गेलाल, सुनिता लिम्बू, श्रीमाया लिम्बू, प्रकाश भन्डारी, कमल चेम्जोङ, बिरु सुनुवार रहेका छन् । यसैगरी, यामकुमार राई, रोशन तामाङ, निर्मला बर्देवा, पुर्ण धिमाल, नरबहादुर श्रेष्ठ, कर्ण तामाङ, लक्ष्मी लिम्बू, भिम धिमाल, लक्ष्मी प्रसाद धिमाल, जगत भुजेल, नारायण अधिकारी, मुकेश सुवेदी, शिवध्वज लिम्बू, सन्तोषी राई, बमबहादुर राई, टेक प्रसाद गुरागाईलगायत सदस्य रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes