कृषि ज्ञान केन्द्रद्वारा झापाका ८४ जना किसानलाई कृषि औजार वितरण - Pahilo Online

कृषि ज्ञान केन्द्रद्वारा झापाका ८४ जना किसानलाई कृषि औजार वितरण

writer

झापा । कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ। धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश सरकारको कृषि यान्त्रीकरणका लागि औजार उपकरण, प्रयोग प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले ५० देखि ७५ प्रतिशत अनुदानमा औजार वितरण गरेको हो।

केन्द्रमा आइतबार आयोजित कार्यक्रमका प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर राना मगरले औजार हस्तान्तरण गरेका हुन्। औजार हस्तान्तरण कार्यक्रममा मन्त्री मगरले सरकारले दिएको अनुदान खाने र पचाउने गरेमा कृषि क्षेत्रमा आर्थिक क्रान्ति नआउने बताएका छन्। विगतमा पहुँच हुने, झोले किसान, कर्मचारी चिनजानेका मात्रले अनुदानको सामग्री लाने गरेको ठूलो गुनासो भोग्नु परेको उनले बताए।

‘अब सरकारले त्यसलाई सुधार गर्दै लगेको छ। अहिले किसानको खातामा सोझै सरकारले भुक्तानी पठाउने व्यवस्था मिलाएको छ। कर्मचारीको हातबाट भुक्तानी लिँदा रकम घटने प्रथाको अन्त्य गरेका छौँ‚’ उनले भने, ‘हामीले अनुगमन गर्ने क्रममा धेरै ठाउँमा फर्जी किसान भेट्टाएका छौँ। त्यस्ता किसानको अनुदान र सहयोग तत्काल रोक्ने व्यवस्था पनि गरेका छौँ।’

अहिले तीनै तहका सरकारले किसानलाई कृषि क्षेत्रमै आत्मनिर्भर बनाउन अनुदान र सहयोगको व्यवस्था गरेको मन्त्री मगरले बताए। उनले भने‚ ‘कृषि क्षेत्रमा लाग्ने अहिलेका युवापुस्तालाई सरकारले अवसर दिन खोजिरहेको छ। कृषि क्षेत्रमै लागेर देशमै राम्रो आम्दानी गर्न सकिन्छ।’

सरकारले दिएको अनुदानको सामग्रीलाई सदुपयोग गरी उत्पादन वृद्धि गराउनतर्फ लाग्न किसानहरूलाई उनले आग्रह गरे। संघीय सरकारको मकै उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत झापा गाउँपालिकाको मार्सल कृषि सहकारी संस्था र कुमरखोद साना किसान कृषि सहकारी संस्थालाई एक÷एक थान मकै डायर मेसिन अनुदानमा उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले जानकारी दिए।

दुईवटा मेसिन १७ लाख ६५ हजारमा खरिद गरिएकोमा कृषि ज्ञान केन्द्रले सात लाख ५० हजार, झापा गाउँपालिकाले २ लाख र उपभोक्ताले ८ लाख १५ हजार रकम दिएको उनले बताए। मकै डायर मेसिनले न्यूनतम १० ब्याच प्रतिदिन २५ मेट्रिक टन मकै सुकाउन सकिन्छ। त्यस्तै‚ प्रदेश सरकारको कृषि यान्त्रीकरण प्रयोग प्रवर्द्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ९० लाख बजेट विनियोजन गरिएको थियो।

विनियोजित रकममध्येबाट १२ वटा मिनिटिलर, १० वटा अल्टिक्रम थ्रेसर, आठवटा रोटामटर, २८ वटा पावर टिलर, १३ वटा स्वचलित टिपर, चारवटा मेजर टेलर, दुईवटा डिस्क होरै, एउटा पावर टिलर एटेचमेन्ड रिपर, तीनवटा ब्रस कट्टर र एउटा पावर स्प्रे गरी उक्त सामग्री ७३ लाख ६५ हजार १२५ रुपैयाँमा खरिद गरिएको केन्द्र प्रमुख सिंहले बताए। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes