इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान - Pahilo Online

इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान

writer

इटहरी । गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । आज इटहरी अस्पतालमा एक कार्यक्रमका बीच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा योगेश चेम्जोङ्गले महामारीको यो समयमा एनआरएनएले इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद दिए । इटहरी उपमहानगपालिकाका स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देल,प्रेस संयोजक लिलाराज भटटराई र इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले एउटै बाट दुइजनाको उपचारमा सहयोग पुग्ने कन्सन्ट्रेटरवाट इटहरी अस्पतालको उपचार सेवामा सहयोग पुग्ने बताए । एनआरएनएको तर्फबाट कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एनआरएन कतारका पूर्व सचिव टिन एन वरालले पूर्व क्षेत्रमा आठ वटा अक्सिजन हस्तान्तरण हस्तान्तरण गरिने जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes