नगरका कक्षा ६ देखि १२ सम्मका छात्रा विद्यार्थीहरुलाई ‘सेनिटरी प्याड’ वितरण - Pahilo Online

नगरका कक्षा ६ देखि १२ सम्मका छात्रा विद्यार्थीहरुलाई ‘सेनिटरी प्याड’ वितरण

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत १९ सामुदायिक विद्यालयका छात्राहरुका लागि महिनावारीको समयमा प्रयोग गरिने ‘सेनिटरी प्याड’ वितरण भएको छ ।


स्थानीय तहस्तरीय सेनीटरी प्याड वितरण तथा व्यवस्थापन समिति संयोजक उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, शिक्षा अधिकृत नविन खुलाल बुढाथोकी सहितले विद्यालयहरुमा सेनिटरी प्याड वितरण गरेका हुन् ।

संघीय सरकारको बजेटमा समितिको असार १४ गतेको निर्णय अनुरुप १९ सामुदायिक विद्यालयका २ हजार ६ सय ७१ छात्राका लागि १३ लाख ४२ हजार ८४ रुपैयाँ बराबरको प्याड विद्यालयमा वितरण भएको शिक्षा शाखा प्रमुख काफ्लेले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes