घरमा बसि बसि कौशी खेति सम्बन्धि तालिम लिन पाँउदा इटहरीका महिला उत्साहित - Pahilo Online

घरमा बसि बसि कौशी खेति सम्बन्धि तालिम लिन पाँउदा इटहरीका महिला उत्साहित

writer

इटहरी । घरमा बसि बसि तालिम लिन पाँउदा इटहरीका महिला दिदीबहिनी उत्साहित भएका छन । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिला दिदीबहिनीलाई भर्चुअल प्रविधिबाट कौशी खेति सम्वन्धि तालिम प्रदान गरेको हो । कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि कौशी खेति गर्न गठित सात वटा समूहका १ सय ३४ जनालाई जुम प्रविधि मार्फत कौशी खेति गर्ने तरिका सिकाइएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिए ।

इटहरी वडा नम्वर २०,४ र ६ नम्वर वडामा आफनै घरमा कौशी खेति गर्नका लागि समूह बनाएका सात वटा समूहका महिला दिदीबहिनीलाई गंगा मायाँ अधिकारी र विमला राईले तालिम दिएकी हुन् । तालिम कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफूले गरेको कौशी खेतिको अनुभव बारेमा जानकारी गराइन् । उनले कौशी खेतिको महत्व र फाइदका बारेमा पनि प्रकाश पारे । जुम प्रविधिबाट भएको तालिमका सहभागिहरु उत्साहित भएको कृषि शाखा प्रमुख अधिकारीले बताए । तालिममा सहभागि इटहरी ६ को उर्जाशिल कौशी कृषक समूहकी लक्ष्मी वरालले घरमै बसि बसि तालिममा सहभागि भएर कौशी खेति गर्ने तरिका सिक्न पाँउदा आफनो समूहका १९ जना खुशी भएको बताए ।

घरको छतमै अर्गानिक सब्जि फलाएर उपभोग गर्न आफूहरु हतारिएको उनले प्रतिक्रिया दिए । उपमहानगरले तालिम लगायत सहयोग गरेकोमा उनले धन्यवाद समेत दिए । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न गठित महिला समूहलाई प्रति समूह २ लाखका दरले सहयोग उपलब्ध गराउने शाखा प्रमुख अधिकारीले बताए । कौशी खेति गर्नका लागि आवश्यक समाग्री खरिदका लागि रकम उपलब्ध गराइने छ । थप एक लाखको कौशी खेतिका लागि विउ खरिद गरेर कृषि महिला समूहलाई दिनइने उनले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes