कानेपोखरी वडा नं. ७ द्वारा २० घरपरिवारलाई बाख्रा र बङ्गुरका पाठा वितरण - Pahilo Online

कानेपोखरी वडा नं. ७ द्वारा २० घरपरिवारलाई बाख्रा र बङ्गुरका पाठा वितरण

writer

 । कानेपोखरी वडा नं. ७ ले आर्थिक ७७/७८ को सिलिङ बजेट मार्फत आफ्ना वडाका अति बिपन्न समुदाय लाई लक्ष्यीत गरी बाख्रा र बङ्गुरका पाठा वितरण गरेको छ । शनिबार वडाले आफ्नै कार्यालय भवनमा २० घरपरिवारलाई पाठाहरु वितरण गरेको हो ।

लोकल तर उन्नत जातका ती पाठाहरु १४ वटा बङ्गुर र छ वटा बाख्राका पाठाहरु जम्मा १ लाख ४० हजारमा खरिदगरिएको मा ९० हजार मूल्य बराबरको बङ्गुर र ५० हजार मूल्य बराबरको बाख्राका पाठा रहेको वडा अध्यक्ष मोहन प्रसाद अधिकारी ले जानकारी दिए ।

अर्का बिपन्न तथा गरिब समुदाएलाई अहिले वितरण गरिएका पाठाबाट उत्पादन भएका मध्येबाट एक एक पाठा वडालाई दुइ बर्षमा फिर्ता गर्ने र ती समुहलाइ वितरण गर्ने सर्तमा दिएको अध्यक्ष अधिकारीले बताए । कार्यक्रम मा गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्ले पालिकाका प्रवक्ता तथा वडा नं. दुइका वडा अध्यक्ष सुशील बुढाथोकी लगाएतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes