पत्रकार सम्मेलन मार्फत पथरी शनिश्चरेको नीति, कार्यक्रम र बजेट सार्वजनिक - Pahilo Online

पत्रकार सम्मेलन मार्फत पथरी शनिश्चरेको नीति, कार्यक्रम र बजेट सार्वजनिक

writer

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि अनुमानित ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँ बजेट प्रस्तुत गरेको छ । बिहिबार सम्पन्न नवौं नगरसभामा उपप्रमुख यमुना विष्ट बास्तोलाले ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन । सो को जानकारी शुक्रबार एक पत्रकार सम्मेलन गरि गराइएको छ । नगर प्रवक्ता यामप्रसाद गुरागाईँले विज्ञप्ति जारी गर्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रस्तुत गरी पारित भएको आर्थिक वर्ष २०७८÷७९ का लागि ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको अनुमानित आयव्यय विवरणका बारेमा जानकारी गराए । नगरसभामा आर्थिक वर्ष २०७८÷७९ को सेवा र कार्यहरुका लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन गर्न र खर्च गर्न बनेको ‘विनियोजन विधेयक’ पारित भएको पनि जानकारी गराइएको छ ।१० वटा वडा रहेको नगरका लागि प्रति वडा ८७ लाख ५० हजारका दरले वडागत सिलिङ बजेट निर्धारण गरिएको छ । वजेटमा अनुमानित आम्दामीतर्फ आन्तरिक श्रोतबाट ३ करोड, राजस्व वाँडफाँडतर्फ संघीय सरकारबाट ९ करोड ९९ लाख ९३ हजार, प्रदेश सरकारको सवारी साधन कर राजस्व बाँडफाड १ करोड ४६ लाख ७६ लाख ४ सय २० र राजस्व फाँडफाड मालपोतबाट २ करोड गरी १३ करोड ४६ लाख ६९ हजार ४ सय २० रुपैयाँ विनियोजित भएको छ ।

संघीय सरकारबाट समानिकरण अनुदानमा १८ करोड २२ लाख, शसर्त पूँजीगत अनुदानमा ४ करोड १३ लाख, चालुतर्फ शसर्त अनुदानमा २३ करोड ६६ लाख, समपुरक अनुदानमा १ करोड १८ लाख र संघीय सरकार विशेष अनुदान गरी ४८ करोड ८५ लाख प्राप्त हुने भएको छ । प्रदेश सरकारतर्फ, समानिकरण अनुदानबाट १ करोड ७४ लाख ६ हजार, करुणा फाउण्डेशनको शसर्त अनुदानबाट १९ लाख गरी १ करोड २६ लाख ४६ हजार रुपैयाँ प्राप्त हुनेछ । यसका साथै अन्य शिर्षकतर्फ, करुणा फाउण्डेशनले व्यहोर्ने १९ लाख, वन रोयल्टीबाट प्राप्त हुने ८ लाख ९६ हजार ३ सय २४, सामाजिक सुरक्षा भत्ता २८ करोड र सडक बोर्डबाट ८० लाख गरी २९ करोड ७९ लाख ६३ हजार हजार २४ रुपैयाँ नगरको आम्दानीका रुपमा देखिएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ व्ययतर्फको योजनाहरुको अनुमान अन्तर्गत बुद्ध मार्ग कालोपत्रे १ करोड, रजतजयन्ती मार्ग कालोपत्रे १ करोड, दोहोलु शुक्रबारे सडक कालेपत्रे १ करोड, स्वास्थ्य १ करोड २५ लाख, शिक्षा १ करोड २५ लाख, कृषि, पशुपंक्षी, सहकारी तथा लघु उद्यम १ करोड २५ लाख, मर्मत तथा स्तरोन्नती २० लाख, संघ संस्था साझेदारी २० लाख, सामुदायिक वन साझेदारी २० लाख, मठ मन्दिर १५ लाख, वडा नम्बर १० को डाँसखोला पूर्वबाट ९ नम्बर वडा जाने बाटो निर्माण २५ लाख, खेलकुद २१ लाख, बसोबास व्यवस्थापन २५ लाख, सञ्चार मिडिया प्रवद्र्धन ५ लाख, भाषा, कला साहित्य प्रवद्र्धन ५ लाख, महिला सञ्जालको भवन निर्माण ३ लाख, न्यायिक समिति २० लाख, विधायन समिति ५ लाख, इलाका प्रहरी कार्यालय पथरीको महिला हिरासत निर्माण ५ लाख, सहिद रत्नमार्ग ५० लाख, विपद व्यवस्थापन ६० लाख, लक्षित वर्ग कार्यक्रम ५० लाख, वडागत सिलिङ बजेट (१० वटा वडामा) ८ करोड ७५ लाख, चालु तथा प्रशासनिक खर्च १३ करोड ८५ लाख ११ हजार ७ सय ४४, फर्निचर ( नयाँ वडा कार्यालय, स्वास्थ्य कार्यालय भवनहरुमा समेत) ५० लाख, मेसिनरी औजार १० लाख, सडक बोर्ड म्याचिङ २८ लाख, कोष म्याचिङ १ करोड, पूँजीगत परामर्श खर्च २० लाख, करुणा फाउण्डेशनको कार्यक्रम ५७ लाख, यातायात साधन १५ लाख, समपुरक अनुदान म्याचिङ ५९ लाख, संघीय सरकारबाट २३ करोड ६६ लाख, संघीय सरकारबाट सशर्त पूँजीगत अनुदान ४ करोड १३ लाख, संघीय सरकारको समपुरक अनुदान १ करोड १८ लाख, संघीय सरकारको विशेष अनुदान १ करोड ६६ लाख, सडक बोर्ड नेपाल ८० लाख, सामाजिक सुरक्षा भत्ता २८ करोड गरि कुल ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes