पथरी शनिश्चरे नगरको नीति, कार्यक्रम र बजेट पारित - Pahilo Online

पथरी शनिश्चरे नगरको नीति, कार्यक्रम र बजेट पारित

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको आज नवौं नगरसभामार्फत आर्थिक वर्ष २०७८/७९ का लागि नीति, कार्यक्रम र बजेट पारित भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आर्थिक वर्ष २०७८/७९ का लागि ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गरे ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यहरुका लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन गर्न र खर्च गर्न बनेको ‘विनियोजन विधेयक’ पनि पारित भएको छ । सभामा नीति, कार्यक्रम र बजेट सुझाव सहित पारित भएको छ । सो बारेमा भोली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । सोही कार्यक्रममा उत्कृष्ट पत्रकार सम्मान, उत्कृष्ट पत्रकार पुरस्कार, उत्कृष्ट सञ्चारमाध्यम पुरस्कार र लेखनवृत्ति समेत वितरण गरिने नगर प्रवक्ता गुरागाईंले वताए ।

जारी कोरोना संक्रमणका कारण एन्टिजेन परीक्षण सहित स्वास्थ्य सतर्कता अपनाएर नगरका जनप्रतिनिधि र कर्मचारी सहभागि भएर वन्दशत्रका रुपमा मात्र नगरसभा सञ्चालन भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes