आँधीका कारण अमेरिकामा नौ बालबालिकासहित १० जनाको मृत्यु - Pahilo Online

आँधीका कारण अमेरिकामा नौ बालबालिकासहित १० जनाको मृत्यु

writer

एजेन्सी । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर १० जनाको मृत्यु भएको छ । आँधीमा परेर १८ वटा सवारीसाधन दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आँधीका कारण सो क्षेत्रमा कयौं निजी तथा सरकारी संरचनाहरु क्षतिग्रस्त भएका छन् भने अन्य १० जना घाइते भएको बताइएको छ ।

गत शनिबार पनि अलाबामा राज्यमा आँधीमा परेर दुई जनाको मृत्यु भएको थियो । अत्यधिक वर्षासँगै आएको बाढीले अन्य केहीलाई बगाएको आशंकामा खोजी जारी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । भारी वर्षा अझै केही दिन जारी रहने भन्दै थप क्षति हुनबाट जोगिन मौसमविद्हरुले चेतावनी दिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes