कानेपोखरी गाउँपालिकालाई १२ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त - Pahilo Online

कानेपोखरी गाउँपालिकालाई १२ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त

writer

कानेपोखरी । हेफर इन्टरनेशनल नेपालको प्रमुख आर्थिक सहयोगमा दिगोपन सामाजिक उद्यमी महिला सहकारी र अभियान नेपालको सहकार्यमा मोरङ कानेपोखरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्राप्त भएको छ । आइतबार गाउँपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरि १२ लाख ५० हजार रुपैयाँ बराबरको सो सामग्री अभियान नेपालका प्रमुख प्रेम गिरीले गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेलाई हस्तान्तरण गरेका थिए ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि सहयोग पुग्ने सामग्रीहरु अक्सिजन कन्सन्ट्रेटर मेसिन २ थान, पोर्टेबल एक्सरे मेसिन १ थान, लुज ग्लोब ९७ बक्स, सर्जिकल ग्लोब ३० बक्स, पिपिइ ५५ सेट र बिरामीका लागि फोल्डिङ बेड ७ सेट प्राप्त भएको पालिका स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले बताए ।

अभियान नेपालका अध्यक्ष गिरीले भने “महामारी नियन्त्रणमा हामी सबै एकजुट भएर लाग्नुपर्छ, एकजुट भएर एकअर्कालाई सहयोग गर्दैँ अगाडि बढे मात्र नियन्त्रणको पथमा चाडैं पुग्ने छौं”। सो सामग्री लिदैँ पालिका अध्यक्ष काफ्लेले सबैको साथ र सहयोगबाट मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने बताए । साथै, उनले सम्पूर्ण सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गरे।कार्यक्रममा पालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।यस संस्थाले बेलबारी, सुन्दरहरैँचा र पथरी शनिश्चरेलाई प्रती नगरपालिका ७ लाख ५० हजारका दरले सहयोग गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes