प्रदेशलाई नै खोप खरिदका लागि अनुमति दिन मन्त्री राईको आग्रह - Pahilo Online

प्रदेशलाई नै खोप खरिदका लागि अनुमति दिन मन्त्री राईको आग्रह

writer

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छिन् ।संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नुपर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उनले आग्रह गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले सो कुरा बताएको उनको निजी सचिवालयले जनाएको छ ।
उनले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाँडो प्रबन्ध गर्न आग्रह गरिन् ।कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुले बताईरहेकाले आवश्यक तयारी गर्न पनि उनले जोड दिइन् । कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उनले प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रण आवश्यक रहेको पनि संघीय सरकारलाई जानकारी दिइन् ।
सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेको बताउँदै मन्त्री राईले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा आफूहरु रहेको जानकारी गराइन् ।भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिवलगायतको सहभागिता थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes