धिमाल जातिको ग्रामथान क्षेत्र संरक्षणको माग सहित आदिवासी जनजाती महासंघको विज्ञप्ति - Pahilo Online

धिमाल जातिको ग्रामथान क्षेत्र संरक्षणको माग सहित आदिवासी जनजाती महासंघको विज्ञप्ति

writer

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ७ मा रहेको धिमाल जातिको ग्रामथान क्षेत्र बिनास गर्न खोजिएको भन्दै संरक्षणको माग सहित आदिवासी जनजाती महासंघ कानेपोखरीले ध्यानाकर्षण एक विज्ञप्ति मार्फत प्रस्तुत गरेको छ ।

ग्रामथान पुजा समिती र धिमाल जाती विकास केन्द्रसँग कुनै प्रकारको छलफल एवम परामर्श नै नगरी कानेपोखरी गाउँपालिकाले सो क्षेत्रमा व्यवसायिक संरचना निर्माण गर्न लागेको भन्दै आदिवासी महासंघले खेद प्रकट गरेको हो ।

सो ध्यानाकर्षण पत्रमार्फत जनजाति महासंघ अध्यक्ष भोजबिर माझिले मुलुकी ऐनको अपराध संहिता २०७४ को दफा १५५(१) अनुसार कुनैपनी जातिको धार्मिक आस्था वा स्थान अन्य स्थल सरोकारवालाको अनुमती बिना नोक्सानी पु¥याउनु कानुन विपरित हुनेपनि सुझाएका छन् ।

‘संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सो क्षेत्रको विकासका लागि रु.५० लाख बजेट प्राप्त हुनु उदाहरणिय पक्ष भएपनि सरोकारवाला पक्षसँग छलफल र सहमति बिना योजना संचालन गर्न खोज्नु दुःखद पक्ष हो,’ उक्त ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘स्थानीय सरकार संचालन ऐन २०७४ को अधिकार क्षेत्र, २२ नं. अन्तर्गत हेर्ने हो भने भाषा धर्म संस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो ।’

साथै सो ध्यानाकर्षण पत्रमा धिमाल जातिहरुको धार्मिक साँस्कृतिक एतिहासिकतासँग जोडिएको स्थललाई हानी नोक्सान नगर्न कानेपोखरी पालिकालाई अनुरोध गरिएको छ। सँगसँगै सो कदमलाई सच्याएर सम्बन्धित निकायसँग छलफल र मन्जुरी मार्फत समाधान निकाल्न पनि पालिकासँग आदिवासी महासंघले अनुरोध गरेको छ ।

केही दिनअघि धिमाल समुदायको ऐतिहासिक एवम साँस्कृतिक स्थल ग्रामथान कानेपोखरी गाउँपालिका र वडा नं.७ कार्यालयले संयुक्त रुपमा मास्न खोजेको भन्दै धिमाल जातिय विकास केन्द्र कानेपोखरीले विरोध जनाएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes