सुरुङमा कामगर्ने क्रममा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख क्षतिपूर्ति - Pahilo Online

सुरुङमा कामगर्ने क्रममा मृत्यु भएका मजदुरका परिवारलाई ३० लाख क्षतिपूर्ति

writer

संखुवासभामा निर्माणधिन ९ सय मगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनको विद्युत् गृहस्थलको सुरुङ भित्र गत बुधबार मृत्यु भएका मजदुरको परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।

बुधबार बिहान सुरुङ भित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो। चिचिला अरुण तेस्रो निमार्ण गरिहेको पटेल इन्जिनियरिङ र पीडित पक्षबीच सहमति भए पछि रानाको शव आफन्तले जिम्मा लिएका छन्। मृतक रानाको परिवारलाई निर्माण कम्पनीले किरिया खर्च तत्काल पाँचलाख रुपैयाँ उपलब्ध गराएको मृतकका भाइ रामश्वरुप रानाले जानकारी दिए। शव जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टम पश्चात कञ्चनपुर लगिएको छ।

सो आयोजनाको विद्युत् गृहस्थल पुखुवामा सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर कञ्चनपुरकै ५० वर्षीय मिठु राना घाइते भएका थिए। अरुण तेस्रो जलविद्युत परियोजनामा भारतीय र नेपालीसहित तीन हजार भन्दा बढी मजदुर कार्यरत छन्। विद्युत गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ र ड्याम साइडमा जयप्रकाश एसोसिएटस कम्पनीले निमार्ण कार्य गरिरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes