इटहरीमा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन - Pahilo Online

इटहरीमा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन

writer

सुनसरी । इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन गरिएको छ । इटहरी उपमहानगरले छ शैयाको कोभिड अस्पताल सहितको आइसोलेसन संचालनमा ल्याएको हो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि छुटटा छुटटै ब्लकमा ब्यवस्था सहित आइसोलेसन संचालनमा ल्याएको बताए ।

आज वेलुका देखि कोभिड संक्रमित विरामी राखेर आइसोलेसन संचालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । अक्सिजन नेवुलाइजर सहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी बस्ने उनले बताए । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड बमोजिमको गुणस्तरीय खानाको ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले जानकारी दिए । इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले आइसोलेसन ब्यवस्थित रहेको दावी गरे । उनले माइल्ड कोभिडका विरामीलाई राखेर अक्सिजन नेवुलाइजरको सेवा समेत प्राप्त हुने जानकारी दिए ।

विरामीको स्वास्थ्य अवस्था गम्भीर वन्दै गएमा स्वास्थ्यकर्मी सहित स्टेण्डवाइ रहने एम्वुलेन्स मार्फत अन्य अस्पताल लगिने बताए । इटहरी ९ रंगशालामा गत बर्ष पनि आइसोलेसन संचालित थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes