सरस्वती स्कुलमा सावाँ परिवारद्वारा १ लाख १ हजारको अक्षयकोष स्थापना - Pahilo Online

सरस्वती स्कुलमा सावाँ परिवारद्वारा १ लाख १ हजारको अक्षयकोष स्थापना

writer

सनम रोक्का    कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ६ हनुमान चोक निवासी सावाँ परिवारले सोही वडाको मूलगाउँ रहेको श्री सरस्वती आधारभूत विद्यालयको लागि थप ५१ हजार रुपैयाँको अक्षयकोष थप गर्दै १ लाख १ हजार रुपैयाँ पु¥याइदिएको छ ।

सरस्वती आधारभूत विद्यालयको पहिलो अक्षयकोष निर्माणकर्ता स्वर्गीय धनबहादुर सावाँ लिम्बूले २०७२ सालमा कालुसिंह, आइतराज र बुधरानीको स्मृतिमा ५० हजार रुपैयाँ अक्षयकोष निर्माण गरिदिएका थिए भने अन्य रकम थप गर्ने इच्छा हुँदाहुँदै उनको देहावसान भयो र त्यस कार्यलाई उनको परिवारले पूर्णता दिलाएको छ ।
स्कुलको शैक्षिक, भौतिक लगायतको सुधारका निम्ति स्वर्गीय धन बहादुर, कालुसिंह, आइतराज र बुधरानीको सम्झनामा चेतमाया , शुक्रहाङ सावाँ लिम्बू लगायत सम्पूर्ण परिवारले स्व.कालुसिंह, आइतराज, बुधरानी, धन बहादुर सावाँ अक्षयकोष २०७२ खडा गरिदिएका हुन ।
सो कार्यक्रममा बोल्दै सावाँ परिवारका प्रतिनिधि शुक्रहाङ सावाँले हाल विद्यालयले गरेको शैक्षिक प्रगतिको खुलेर प्रंसशा गरे। उनले आफ्नो परिवारले स्कुलको पक्षमा केही सहयोग गर्न पाउँदा निकै उत्साह बढेको सुनाए साथै उनले सरस्वती विद्यालयलाई कानेपोखरीकै सामुदायिक विद्यालयहरु मध्येको नमुना बनाउँन मुख्य भुमिका निर्वाह गर्ने भुतपुर्व विद्यार्थी, शिक्षक, स्थानीय लगायतको मुक्तकण्ठले तारिफ गरे ।

विद्यालयका प्रधानाध्यापक चन्द्र मगरले यस परिवारले स्थापना कालदेखीनै अहोरात्र खटी विभिन्न सहयोग गर्दै आएको र हालपनि गरिरहेको भन्दै आगामी दिनहरुमा पनि यस्तै प्रकारको साथ र सहयोगको अपेक्षा रहेको बताए ।
कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीले यस्ताखाले साथ र सहयोगले हामीलाई काम गर्न झन उर्जा मिल्ने र निरन्तर काम गर्न जिम्मेवारी थप भएको कुरा सुनाए।उनले सम्पूर्ण परिवारलाई धन्यवाद दिदै आगामी दिनमा पनि हौंसलाको खाँचो रहेको बताए साथै उनले अक्षयकोषको रकमलाई सहि सदुपयोग गर्ने वाचा समेत व्यक्त गरे ।
औपचारिक कार्यक्रमको अन्त्यपछी सम्पूर्ण परिवारले विद्यालयको कक्षागत अवलोकन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes