प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ घोषित - Pahilo Online

प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ घोषित

writer

झापा । प्रायुस पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ को ताज हात पारेका छन् । स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान’को ताज हात पारेका हुन् । शनिवार राति अवेर सम्पन्न फाइनल प्रातियोगितामा आफ्ना नौ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरु मिस्टर एण्ड मिस प्रोभिन्स वान’ घोषित भएका थिए । यो संगै उनीहरुले ट्रफी, मेडल , प्रमाणपत्र र नगद ५० – ५० हजार रुपैयाँ हात पारेका छन् ।

त्यस्तै प्रतियोगितामा फष्ट रनरअप अभिशेक राजवंशी र सेकेण्ड रनरअप प्रकृति अर्याल घोषित भएका छन् । त्यस्तै प्रतिमा खतिवडा अर्गनाइजर च्वाइज घोािष्त भइन् । प्रातियोगिताका विजयीले काठमाडौंस्थित इम्पेरियल विज्नेश कलेजमा वीवीए र वीएचएम अध्ययनका लागि छात्रवृत्ति समेत पाउने छन् । प्रालिले गतवर्षदेखि प्रातियोगिताको आयोजना गर्दै आएको प्रालिका कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारी दिए । १५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका १९ जना प्रतिष्पर्धीले प्रातियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउण्डमा ९ प्रातिष्पर्धी पुग्न सफल भएको कार्यकारी अधिकृत राजवंशीले बताए ।

नेपाल पत्रकार महासंघ झापाका नव निर्वाचित अध्यक्ष एकराज गिरीले प्रमुख अतिथिको आशनबाट बोल्दै युवामा रहेको अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरेका थिए । प्रतियोगितामा गोविन्द भारती, रामचन्द्र गौतम र अलिषा अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes