नगरमा जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी - Pahilo Online

नगरमा जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा विपन्न नगरवासीका लागि जनताको सुरक्षित आवास कार्यक्रम सञ्चालनको तयारी भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको कार्यपालिका बैठकले संघीय सरकारको खरको छाना हटाउने अभियान अन्तर्गतको कार्यक्रमको तयारीका सम्बन्धमा छलफल गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । सो कार्यक्रममा पहिलो किस्ताका रुपमा ६३ लाख ९३ हजार रुपैयाँ विनियोजित भएकाले सम्बन्धित लाभग्राहीसँग सम्झौता गर्ने प्रक्रिया अघि बढाउन आज वडा कार्यालयका सचिव तथा प्राविधिक कर्मचारीहरुलाई अभिमुखिकरण गरिएको छ । सुरक्षित आवास अन्तर्गत नगरमा २ करोड ३५ लाखको बजेटमा ४ सय ७१ घरलाई टिनको छानो लगाउने कार्यक्रम रहेको छ । बैठकले आगामी आर्थिक वर्षका लागि संघीय सरकारसमक्ष नगरका मुख्य ३ वटा आयोजना माग गर्ने निर्णय सहितका निर्णय गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes