नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३६ पुग्यो - Pahilo Online

नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३६ पुग्यो

writer

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप चार जनाको ज्यान गएको छ । दुई जनाको ज्यान गएको र थप दुई जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४५ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार दुई सय १० पुगेको छ ।

यस्तै थप एक सय दुई जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ४२ पुगेको छ । अहिले नेपालमा १८ सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes