२ स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीको क्षति - Pahilo Online

२ स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीको क्षति

writer

मोरङ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट अन्दाजी २२ लाख भन्दा बढीकोक्षति भएको छ । आज दिउँसो साँढे १२ बजेको समयमा खोटाङको खोटेहाङ गाउँपालिका–७ मा रहेको मटकेनी सामुदायिक वनबाट शुरु भएको आगलागीले जंगल नजिकै रहेको छबिलाल बस्नेतको घर जलेर पुर्ण रुपमा क्षति हुँदा घर भित्र रहको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जलि नस्ट भई अन्दाजी २०,००,००० (बिस लाख) बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । यसैगरी भोजपुरको रामप्रसाद राई गाँपालिका ६ का पुष्प बस्नेतको घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । घर नजिकै रहेको सल्लेरी सामुदायिक वनबाट शुरु भएको आगलागी बस्नेतको घरमा समेत सल्कीई घर भित्र रहेको अन्न पात, भाडा वर्तन, लता कपडा समेत जलि नस्ट हुदा अन्दाजी २,००,०० बराबरको क्षेती भएको तथा उक्त स्थानमा प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes