इटहरी उपमहानगरमा वहुवर्षे योजना निर्माण सुरु - Pahilo Online

इटहरी उपमहानगरमा वहुवर्षे योजना निर्माण सुरु

writer

सुनसरी । इटहरीउपमहानगरमा चालु आर्थिक वर्षका वहुवर्षे योजना निर्माण सुरु गरिएको छ । इटहरी ७ नम्वर वडावाट वहुवर्षे योजना निर्माणको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले शुभारम्भ गरे । इटहरी ७ को रामजानकी मन्दिरदेखि नहरसम्म, मलंगवा मार्ग, मलेक्षी मार्ग, शुभलक्ष्मी मार्ग,सिसौना मार्ग जोडने वहुवर्षे सडक योजनाको प्रमुख चौधरीले शिलान्यास गरे । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चौधरीले पूल, कल्र्भट निर्माण र सडक कालोपत्रे गरिने यो योजना चालु आर्थिक वर्षका वहुवर्षे योजना मध्येकै सवैभन्दा ठूलो रहेको जानकारी दिए ।

यो आर्थिक बर्षमा इटहरी उपमहानगरका ४० वटा वहुवर्षे योजना रहेका छन । इटहरी वडा नम्वर ७ का अध्यक्ष नर बहादुर राईले इटहरी ७ बाटै वहुवर्षे योजनाको शुभारम्भ भएकोमा खुशि प्रकट गरे । उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले साना योजनालाई मर्ज गरेर एउटै ठूलो योजना निर्माण गरिएको जानकारी दिए । यो योजना सम्पन्न भएपछि इटहरी ७ का सबै मुलबाटोहरु कालोपत्रे हुने छन । सो सडक योजना भ्याट बाहेक २ करोड, ५९ लाख, ३३ हजार २७ रुपियाँमा ठेक्का लागेको छ । इटहरी उपमहानगरमा गत आर्थिक वर्षमा ११ वटा वहुवर्षे योजना संचालित थिए । ति मध्ये पाँच वटा ग्रामिण सडक योजना कालोपत्रे सम्पन्न भएका छन । अन्य योजना सम्पन्न हुने क्रममा छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes