आयोजक सहारालाई हराउँदै एपीएफ अन्तिम चारमा - Pahilo Online

आयोजक सहारालाई हराउँदै एपीएफ अन्तिम चारमा

writer

पोखरा । विभागीय टिम एपीएफ क्लब १९ औ संस्करण औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।

एपीएफलाई जित दिलाउन आशिष लामाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा आशिषले निर्णायक गोल गरे । प्रदिप लामाको पासमा डिबक्स भित्रबाट आशिषले उत्कृष्ट लेफ्ट फुटेट गोल गरेका थिए । सहिद स्मारक ’ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिषको प्रहार सहाराका गोलकिपर दीप कार्कीले ठम्याउन सकेनन् ।

आशिष खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत आइतबार मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अघि आयोजक सहाराले राष्ट्रिय टिमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मानित गरेको थियो । स्ट्राइकर अभिषेकलाई सहाराले ३५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes