पत्रकार महासङ्घ प्रदेश १ को निर्वाचन चैत २५ गते - Pahilo Online

पत्रकार महासङ्घ प्रदेश १ को निर्वाचन चैत २५ गते

२१ पदका लागि ५६ जनाको उम्मेदवारी

writer

मोरङ । नेपाल पत्रकार महासङ्घको प्रदेश १ को निर्वाचनमा चैत २५ गते हुदैछ । जसमा २१ पदका लागि ५६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुुसार बिहीबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा मोहन काजी, लीलावल्लभ घिमिरे र सोमनाथ सुसेलीले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षमा प्रेस युनियन र प्रेस सेण्टरको गठनबन्धनबाट युनियनका घिमिरेले उम्मेदवारी दिएका हुन् । एक जना खुल्ला उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी छ । खुल्ला उपाध्यक्षमा अर्जुन जम्नेली राई, रोहितकुमार राई र लवदेव ढुङ्गानाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एकजना महिला उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।

कोकिला ढकाल र हिमाकुमारी चेम्जोङले महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । एक जना महासचिवमा चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा विवेक गौतम, फिपराज बेघा लिम्बू, बन्धु पोखरेल र शिशा राई ९श्रीप्रसाद० छन् ।

खुल्लातर्फ एकजना सचिवमा तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला सचिवमा कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बू छन् । यस्तै समावेशी सचिवमा सन्तवीर लामा र सन्तोष यादवले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा गणेश साम्पाङ, विमल लामिछाने ‘बुद्धि’ र सन्तोष रुचालले उम्मेदवारी दिएका छन् । पाँच जना खुल्ला सदस्यको पदमा १४ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यहरूमा कमल रिमाल, केशरबहादुर चौहान, केशव भट्टराई, गोपालप्रसाद पोखरेल, टीकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मीनराज ९प्रवास० उप्रेती, युवराज विवश, लीलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाईं र सुरेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

तीन जना महिला सदस्यको पदमा ७ जनाको उम्मेदवारी परेको छ । देविका चाम्लिङ राई, विनादेवी तामाङ, विनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठकले महिला सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

दलित सदस्यमा पिबी दियाली र रणध्वज लोहारले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमनकुमार दनुवारले उम्मेदवारी दिएका छन् । दुईजना मधेशी सदस्य पदमा पाँच जनाले उम्मेदवारी दिएका छन् । मधेशी सदस्यहरूमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता, ब्रम्हदेव यादव र सूर्यनारायण यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

अल्पसङ्ख्यक सदस्यमा ताविल अन्सारी, लीलाबहादुर सुनुवार र विजय धिमालले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्ष र समावेशी सचिवबाहेक सबै पदमा संयुक्त प्यानलकै सदस्यहरूबाट बागीको रूपमा उम्मेदवारी दर्ता भएको बताइएको छ ।

निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रकाशित नामावली उपर दाबी विरोधको समय चैत २० गते दिउँसो १ बजेसम्मका लागि तोकिएको छ । महासङ्घको चुनाव आगामी चैत २५ गते हुँदैछ । प्रदेश १ मा १ हजार ६ सय बढी मतदाता रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes