स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना - Pahilo Online

स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका ६ शिवालय टोल निवासी तगिन्द्र, प्रेमलाल र शेर बहादुर साम्बा लिम्बुले आफ्नो स्वर्गीय बुवाको नाममा कानेपोखरी–०६, मूलगाउँमा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छ्न। स्कुलको शैक्षिक सुधार गर्नका लागि साम्बा परिवारले स्व.बुवा पदम बहादुर साम्बा लिम्बुको नाममा “स्व.पदम बहादुर साम्बा लिम्बू–२०७७” अक्षयकोष निर्माण गरिदिएको हो।

लामो समयदेखी स्थानीय स्तरमा समाजसेवा गर्दै आएका शेर बहादुर लिम्बुले आफ्नो बुवाको स्मृतिमा शैक्षिक क्षेत्रलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले यस विद्यालयले हाल शैक्षिक, भौतिक लगायतको गुणस्तरीयतामा सुधार गर्दै लगेको र आगामी दिनमा पनि यसलाई निरन्तर अघि बढाइरहन सुझाव दिए।आउँने दिनमा पनि स्कुललाई सहयोग गर्दै अगाडि बढ्ने लिम्बुले बताए।

कार्यक्रममा स्कुल व्यवस्थापन समितीका अध्यक्ष खगेन्द्र बराइलीले अक्षयकोष दाता सम्पुर्ण परिवारलाई धन्यवाद दिदै आगामी दिनमा पनि स्कुलको स्तरोन्नतिमा सहयोग गर्नुहुन अनुरोध गरे। उनले अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पुर्वाधारमा ठुलो सहयोग पुग्ने बताए।

२०४४ सालमा स्थापना भएको यस विद्यालय हाल कानेपोखरीकै नमुना स्कुलको रुपमा परिचीत हुँदैछ। पुर्वविद्यार्थी, शिक्षक, स्थानीय, बुद्धिजीवी लगायतको एकीकृत पहलमा हाल विद्यालयको विभिन्न पक्षमा आएको सुधार प्रष्ट रुपमा नियाल्न सकिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes