भारतमा कोरोना संक्रमण र मृत्युदर यो वर्षकै उच्च - Pahilo Online

भारतमा कोरोना संक्रमण र मृत्युदर यो वर्षकै उच्च

writer

एजेन्सी । भारतमा कोरोना संक्रमण र मृत्यु दर यो वर्षको उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणका कारण ४५९ जनाको मृत्यु भएको छ भने ७२ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि भएको छ ।

केही दिनयता भारतमा कोरोना संक्रमणको दर निरन्तर बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण दर उच्च देखिएका केही प्रदेशमा नियन्त्रणका लागि सरकारले चालेको कदम पनि प्रभावकारी नदेखिएको भारतिय सञ्चार माध्यमले जनाएक छन् ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ । कोरोनाका कारण भारतमा १ लाख ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण नियन्त्रणका लागि भन्दै खोप अभियानलाई तीव्र्र पारेकोे भारतले हालसम्म ६ करोड ५१ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेको जनाएको छ । भारतमा आजबाट ४५ वर्षभन्दा माथिका नागरिकलाई कोरोना खोप लगाउन शुरु गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes