हात्तीपाइलेको औषधि सेवनलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम - Pahilo Online

हात्तीपाइलेको औषधि सेवनलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन आज महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम प्रदान गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्य कर्मचारी एकराज खत्रीले नगरमा रहेका ३० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिमको सहजिकरण गरे । चैत १९ गते नगरमा औषधि खाएर अभियानको उद्घाटन् गरी २० गतेबाट स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकामार्फत वडा वडाका घर घरमा औषधि सेवन गराउने कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन सहित हात्तीपाइले र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराइएको छ । भोली र पर्सी नगरका स्वास्थ्यकर्मीलाई सो तालिम प्रदान गरिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes