वडा नं. ४ मा युवा युवतीलाई एसी फ्रिज मेकानिक ट्रेनिङ - Pahilo Online

वडा नं. ४ मा युवा युवतीलाई एसी फ्रिज मेकानिक ट्रेनिङ

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ४ का युवा युवतीहरुका लागी एसी फ्रिज मेकानिक ट्रेनिङ सुरु भएको छ । शुक्रबार वडाको सामाजिक देउराली युवा क्लबको सभाहलमा उक्त तालिम सुरु भएको हो ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धि)आयोजनाको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा जयन टेक्निकल कलेजले सञ्चालन गरेको तालीममा वडाका २० जना युवा युवतीहरुले भाग लिएका छन् ।
आजको युग प्रबिधिमुलक शिक्षाको युग भएकोले आम समुदाय सबैले प्रबिधिमुलक शिक्षामा जोड दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य लालबहादुर सुस्लिङले बताए । बेरोजगार युवायुवतीहरुलाई रोजगार बनाउन विभिन्न क्षेत्रमा उनीहरुको आवश्यकता र पहिचानका आधारमा तालिमहरु प्रदान गर्न सुस्लिङले सुझाव दिए । व्यवसायिक र सीपमा आधारित तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिंदै उनले सिप भएको मानिस जहाँ पनी बिक्न सक्ने भन्दै सिप मुलक शिक्षामा जोड दिएमा मात्रै देश समृद्ध हुने बताए ।

कार्यक्रममा पथरीशनिश्चरे वडा नं. ४ का अध्यक्ष गोविन्दबहादुर भण्डारीले ग्रामिण क्षेत्रमा रहेका बेरोजगारहरुको दक्षता बढाउन यस प्रकारका तालिमले सहयोग पुग्ने बताए । सरकारको समृद्धीको नारालाई पुर्णता दिन हरेक नेपाली स्वदेशमै रोजगारी हुन आवश्यक रहेको भन्दै सिप मुलक तालिमले सरकारको समृद्धीको नारालाई पूर्ण रुपमा सहयोग गरिरहेको उनले दाबी गरेका छन् ।
कार्यक्रममा वडा सदस्य तुलसादेवी दर्जी, प्रहरी चौकी कुसेका प्रमुख, शसस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका प्रमुख, जनकल्याण आधारभुत विद्यालयका प्र.अ. देउमान लिम्बु, युवा समाजसेवी राजकुमार विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

तालिमको मुख्य प्रशिक्षकमा जगन्नाथ चौधरी र सहायक प्रशिक्षकमा ध्रुबकुमार बराईली रहेका छन् ।
कार्यक्रमका सभापति जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रालि वुटवलका कार्यक्रम संयोजक शैलेश बानियाँले तालिमले आफ्नै देशमा रोजगार गर्न चाहने बेरोजगार जनशक्तिलाई सीप र क्षमता अनुसारको रोजगारमा दक्ष बनाई स्वदेशमै रोजगार दिने लक्ष्य राखेको बताए । बानियाँले तालिममा सहभागी सवैलाई सिटिईभिटीको सीप परिक्षण गराई प्रमाण पत्र प्रदान गरिने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes