इटहरीमा मासु पसलहरुलाई ब्यवस्थित गरिने - Pahilo Online

इटहरीमा मासु पसलहरुलाई ब्यवस्थित गरिने

writer

सुनसरी । इटहरी उपमहानगरले उपभोक्ताको हीतलाई मध्यनजर गरेर मासु पसलहरुलाई ब्यवस्थित गर्ने भएको छ । उपमहानगरले मासु पसलहरुलाई ब्यवस्थित र गुणस्तरीय वनाउन फ्रेस हाउस संचालन कार्यविधि तयार गरिरहेको छ । उपमेयर लक्ष्मी गौतमले कार्यविधिको ड्राफट तयार भइरहेको वताइन् । पटक पटक अनुगमन गरेर मासु पसललाई ब्यवस्थित गर्न निर्देशन दिदाँ पनि सुधार नभएपछि कार्यविधिनै वनाएर ब्यवस्थित गरिन लागेको उनले जानकारी दिइन् ।

कार्यविधिका लागि सुझाव लिन मासु ब्यवसायीहरुसँग छलफल गरिएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मासु ब्यवसायीहरुसँग छलफल गरिएको हो । छलफलमा ब्यवसायीले जनचेतनाको अभावले फ्रिजमा राखेको मासु उपभोक्ताले किन्न नमान्ने गरेको गुनासो गरे । वाहिर राखेको मासु भन्दा फ्रिजमा राखेको स्वस्थ्यकर हुने भएपनि उपभोक्ताले वाहिरै राखेको ताजा मासु खोज्ने गरेको ब्यवसायीले वताए । कस्तो मासु स्वस्थ्य र उचित हुन्छ भन्ने बिषयमा चेतना मूलक जानकारी लेखिएको फलेक्स १५ दिन भित्रमा इटहरीका सवै मासु पसलहरुमा उपमहानगरले राख्ने भएको छ ।

ब्यवसायीहरुले मापदण्ड पालना नगर्ने मासु पसलहरुलाई कडाई गर्न समेत माग गरेका छन । यसैगरि उनीहरुले ब्यवस्थित वधशालाको आवश्यकतामा जोड दिएका छन् । मासुको दर रेट तोक्न समेत माग भएको छ । इटहरीमा मापदण्ड विपरित खुल्ला रुपमा मासु वेचविखन गर्न नपाउने गरि कार्यविधि वनाएर ब्यवस्थित गर्न लागिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes