‘नेफ्टा अवार्ड’ भव्यताको साथ सम्पन्न, अवार्डमा ‘छक्का पन्जा ३’को वर्चस्व - Pahilo Online

‘नेफ्टा अवार्ड’ भव्यताको साथ सम्पन्न, अवार्डमा ‘छक्का पन्जा ३’को वर्चस्व

writer

शनिबार काठमाण्डौको पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा ‘दशौं नेफ्टा फिल्म अवार्ड’ भव्यताको साथ सम्पन्न भएको छ । ६ घन्टा भन्दा लामो समय चलेको अवार्डमा चलचित्र ‘छक्का पन्जा ३’ले आफ्नो वर्चस्व कायम गरेको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट हाँस्य कलाकार लगायतका मुख्य विधामा अवार्ड प्राप्त गरेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवार्ड समारोहमा चलचित्र क्षेत्रमा नयाँ तथा पुराना कलाकार, प्राविधिक, निर्माता, निर्देशक लगायतको बाक्लो उपस्थिती थियो । यस्तै, उत्कृष्ट नायकको अवार्ड विपिन कार्कीले चलचित्र ‘प्रसाद’बाट पाउँदा उत्कृष्ट नायिकाको अवार्ड मेनुका प्रधानले चलचित्र ‘साँइली’बाट प्राप्त गरिन् । यस्तै, नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘पपुलर नायक–नायिका’को अवार्ड जित्न सफल भए ।

अवार्डमा साउन्ड इन्जिनियर प्रदिपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई जनही ५१ हजार नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई ताम्रापत्र र चेक प्रदान गरेका थिए । विभिन्न ३६ विधामा आयोजकले अवार्ड प्रदान गरेको थियो । वि.सं २०७५ सालमा रिलिज भएका चलचित्रहरुलाई यो बर्ष नेफ्टाले अवार्ड प्रदान गरेको थियो । नेफ्टाका अध्यक्ष पुष्कर लामाले सुनसान रहेको चलचित्र क्षेत्रलाई नेफ्टा अवार्डले उत्साह भरेको बताए । यस्तै, ड्रिम हाई नेपालका अध्यक्ष कमल जीसीले अवार्ड भव्यताका साथ सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।

ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघले यो बर्षको नेफ्टा अवार्ड संयुक्त रुपमा आयोजना गरेका थिए । नेफ्टा अवार्डमा विभिन्न ३६ विधामा अवार्ड प्राप्त गर्ने चलचित्र र चलचित्रकर्मीको नाम यसप्रकार छः

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनर: युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक: पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर: एलिस कार्की (डमरुको डन्डिबियोँ)
ध्वनी मिश्रण: मुकेश शाह (डमरुको डन्डिबियोँ)
गीतकार: जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत:जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जर: जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक: जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका:समिक्षा अधिकारी, नाइँ नभन्नू ल ३
कथा:छक्का पञ्जा ३
पटकथा: छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद: सुशिल पौडेल (प्रसाद)
ट्रेलर: साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स: रोमियो एन्ड मुना
रङ संयोजन: अर्जुन कार्की (हरी)
आदिवासी जनजाति: प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला): सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष): अनुप बराल (डमरुको डन्डिबियोँ)
अभिनेता–नेगेटिभ रोल: प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडी: केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक: चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक: कविराज गहतराज (ए मेरो हजुर ३)
डेब्यु अभिनेत्री: सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता: धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक: संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक: मित्र गुरुङ (कथा काठमाडौं)
छायांकार: चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्री: साम्राज्ञी शाह
पपुलर अभिनेता: अनमोल केसी
पपुलर फिल्म: छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म: हरि
अभिनेता: बिपिन कार्की (प्रसाद)
अभिनेत्री: मेनुका प्रधान (साइँली)
निर्देशक: दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्म: छक्का पञ्जा ३

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes