शिवरात्रीको अबसरमा ‘शिवको प्रतिमा’ अनावरण हुने - Pahilo Online

शिवरात्रीको अबसरमा ‘शिवको प्रतिमा’ अनावरण हुने

writer

झापा । बिर्तामोडमा ३८ लाख रुपैयाँको लागतमा निर्माण भएको २७ फिटको ‘शिव’को प्रतिमा अनावरण हुने भएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक दाबी गरिएको शिव प्रतिमाको महाशिवरात्रीका अवसरमा (फागुन २७ गते) अनावरण गरिने छ ।

स्थानीय समुदायको लगानी र व्यवस्थापनमा महादेव (शिव) को प्रतिमा स्थापना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । नौ फुट अग्लो आधारस्थल (जग) बनाएर त्यसमाथि बनाइएको शिवको प्रतिमा कला र सौन्दर्यका हिसाबले प्रदेश नं १ कै उत्कृष्ट र भव्य रहेको निर्माण समितिका संयोजक दीपक दाहालले बताए ।

प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनेको र आवरणमा फाइबर प्रयोग गरिएको छ । प्रतिमासँगै निर्माण समितिले पूर्वपश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि बनाएको छ । अनावरणपछि प्रतिमास्थल क्षेत्रको ५ सय मिटरको सडकलाई नमूना सडक बनाउन शुरु गरिने समितिले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes