७ हजार ९ सय बाख्रालाई पीपीआर र २ हजार २ सय ५० गाईभैंसीलाई खोरेतको खोप - Pahilo Online

७ हजार ९ सय बाख्रालाई पीपीआर र २ हजार २ सय ५० गाईभैंसीलाई खोरेतको खोप

writer

पथरी शनिश्चरे । ‘पशुपन्छीहरुलाई खोप लगाऔं, महामारी रोगबाट बचाऔं’, भन्ने नाराका साथ मोरङको पथरी शनिश्चरे नगरमा आजसम्ममा ७ हजार ९ सय बाख्रालाई पीपीआर र २ हजार २ सय ५० गाईभैंसीलाई खोरेतको खोप लगाएको छ ।

संघीय तथा प्रदेश सरकारमार्फत भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र विराटनगरको सहयोगमा नगरको पशुपंक्षी शाखाले सप्ताहव्यापी रुपमा बाख्रामा पीपीआर र गाई भैंसीमा खोरेतको निःशुल्क खोप लगाउने कार्यक्रम अघि बढाएको हो । हालसम्म ४ वटा वडामा खोप सञ्चालन भइसकेको छ । यस क्रममा आज वडा नम्बर १० मा २ हजार ५ सय बाख्रालाई पीपीआर र ६ सय ५० गाईभैंसीलाई खोरेतको खोप लगाइएको शाखाका कर्मचारी पर्वत साहले जनाए ।

जसअन्तर्गत हिजो वडा नम्बर २ मा १ हजार ७ सय बाख्रामा पीपीआर र ६ सय २० गाईभैंसीमा खोरतको खोप लगाइएको थियो । वडा नम्बर ४ मा १ हजार ९ सय बाख्रालाई पीपीआर र ६ सय गाईभैंसीलाई खोरेतको खोप लगाइएको छ । वडा नम्बर ९ मा १ हजार ८ सय बाख्रालाई पीपीआर र ४ सय गाईंभैसीलाई खोरेतको खोप लगाएको छ । भोली वडा नम्बर ८ मा खोप सञ्चालन हुनेछ ।

बाख्राका लागि पीपीआर रोग विरुद्धको १५ हजार डोज खोप लगाउने कार्यक्रमको लक्ष्य रहेको छ । खोप लगाउने कामका लागि पुष्पबहादुर पौडेलको अगुवाईमा २१ जना पाराभेट्हरुको सहभागिता रहेको छ । यसपछि सँुगुरमा खोरेत र स्वाइनफिवर विरुद्धको खोप लगाउने समेत कार्यक्रम रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes