भदौ १८ मा ‘आई एम ट्वान्टी वान’ रिलिज हुने - Pahilo Online

भदौ १८ मा ‘आई एम ट्वान्टी वान’ रिलिज हुने

writer

केही हप्ता अगाडि छायांकन सकिएको चलचित्र ‘आई एम ट्वान्टी वान’को निर्माणपक्षले चलचित्रलाई तीजको अवसर पारेर रिलिज गर्न लागेको वुझिएको छ । चलचित्रलाई भदौ १८ गतेबाट प्रदर्शन गर्ने तयारीमा यसको निर्माणपक्ष रहेको वुझिएको छ । तर, निर्देशक रेनशा वान्तवा राइले भने, चलचित्रको फस्टलुक वैशाख १ गते सार्वजनिक गर्ने र सोही दिनमा प्रदर्शन मिति पनि तय गर्ने बताइन् ।

तर, अनलाइनखबर श्रोतका अनुसार यो चलचित्रलाई भदौ १८ गतेबाट प्रदर्शन गर्ने पक्का यसको निर्माणपक्षले गरिसकेको छ । यो मितिमा अहिलेसम्म कुनै नयाँ नेपाली चलचित्रले प्रदर्शन मिति तोकेको छैन । आउँदो बर्ष ठूला बलिउड र साउथका चलचित्र पनि रिलिज हुने भएकाले नेपाली चलचित्रका मेकरलाई प्रदर्शन मिति तय गर्न समस्या देखिएको छ ।

चलचित्र ‘आई एम ट्वान्टी वान’का कलाकारद्धय धिरज मगर र जसिता गुरुङले डबिङ सकिसकेका छन् । डान्सको कथामा यो चलचित्र निर्माण भएको छ । लकडाउन सकिएसँगै नेपाली चलचित्रको निर्माणले गती लिएको हो । योसँगै निर्माण भएका र हुने क्रममा रहेका चलचित्रका निर्माताले पनि प्रदर्शन मिति तय गर्न थालेका छन् । चलचित्र ‘चिसो मान्छे, कबड्डी ४, डिसेम्बर फल्स’ लगायतका चलचित्रको प्रदर्शन मिति तय भैसकेको छ । (अनलाइनखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes