इटहरी र इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति बाजा बजाउने - Pahilo Online

इटहरी र इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति बाजा बजाउने

writer

सुनसरी । अव इटहरी र इटहरी आसपासका शुभकार्यहरुमा महिला समूहले नौमति वाजा घन्काउने भएका छन । आज इटहरी उपमहानगरले एक महिला समूहलाई नौमती वाजा प्रदान गरेको छ । अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पञ्चेवाजा महिला समूहलाई नौमति वाजा प्रदान गरिएको हो ।

उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत महिला समूहलाई ब्यवसायिक रुपमा अघि वढन नौमति वाजा प्रदान गरिएको उपमेयर लक्ष्मी गौतमले वताइन् । तारा निरौला संयोजक रहेको महिला समूहका महिलाले कार्यक्रममा नौमतिे वाजा घन्काएर सवैलाई नचाएका थिए । पुरुषले मात्र गर्ने भनिएको काम गर्न महिलालाई उत्प्रेरित गरि नौमति वाजा प्रदान गरेर नयाँ ढंगवाट ब्यवसायिक वनाउन खोजिएको भन्दै प्रदेश १ की उपसभामुख शारदा पोखरेलले उमहानगरको यो कदमको प्रशंशा गर्नुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes