बिर्तामोडमा जिल्ला स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता शुरु - Pahilo Online

बिर्तामोडमा जिल्ला स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता शुरु

writer

झापा । झापाको बिर्तामोडमा आजबाट जिल्ला स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता शुरु भएको छ । लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ आजबाट शुरु भएको हो । बिर्तामोड व्याडमिटन क्लवको हलमा शुरु भएको प्रतियोगिताको उद्घाटन लायन्सका एलसी आई एफ डिस्ट्रिक कोअडिनेटर लीला चिमरिया, जोन पर्सन शैलेन्द्र कुरुङ्वाङ्ग, रिजन चेयर पर्सन ओमकृष्ण विमली र एरिया चेयर पर्सन शत्यनारायण शर्माले संयुक्त रुपमा गरे ।

आगामी फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका चिमरियाले लायन्स क्लव अनारमनीले आयोजना गरेको प्रतियोगिता जिल्ला स्तरीय भएपनि आगामी दिनमा लायन्सको क्यालेन्डरमा समावेस गर्दै प्रदेश स्तरीय हुँदै राष्ट्रिय स्तरमा प्रतियोगिता गराउन सकिने बताए । प्रतियोगितामा यस वर्ष खुल्ला तर्फ ३२ र भेट्रान तर्फ २३ टिम सहभागी रहने लायन्स क्लव अफ अनारमनीका तृतीय उपाध्यक्ष तथा खेलकुद संयोजक दीपक पोखरेलले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि चियरिया सहित बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष वलराम कार्की, लायन्सका रिजन चेयर पर्सन ओमकृण विमली, लायन्स क्लव अफ अनारमनीका सदस्य राम अवतार घिमिरे लगायतले बोलेका थिए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च नेपालका झापा अध्यक्ष मदन गोपाल सुब्बा, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी ‘ प्रशान्त’ रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, जेसीज पूर्व अध्यक्ष समाजका पूर्व अध्यक्ष विनोद वस्नेत, निर्माण व्यवसायी केदार गिरी, बिर्तामोड व्याडमिटन क्लवका हल सञ्चालक रमेश प्रसाई, लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा खुल्ला तर्फ २४ र भेट्रान तर्फ २४ टिमले प्रतिष्पर्धा गरेका छन् । लायन्स क्लव अफ अनारमनीका अध्यक्ष डा गौरीशंकर झाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन व्यवसायी रविन्द्र भट्टराईले गरेका थिए । प्रतियोगितामा खुल्ला तर्फका प्रथमले नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै भेट्रान तर्फ प्रथमले २० द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र हात पार्ने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes