हाईस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते - Pahilo Online

हाईस र मोटरसाईकल दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते

writer

मोरङ । मोरङ सुन्दरहरैचा नगरपालिका–७ गोठगाऊ स्थित पुर्व–पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । गए मध्य राती पौने १ बजे बा४ ख ६९६ नम्बरको हाइस गाडी र बिपरित दिशाबाट आउदै गरेको प्र२–०२–००१ प३८७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार बेलबारी–११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ बर्षीय मनोज कटुवाल घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा रातको पौने २ बजे मृत्यु भएको थियो ।

सो दुर्घटनामा हाईस चालक काठमाण्डौ बस्ने गणेश थापा र सह–चालक बेलबारी बस्ने उत्सब गिरी समेत घाईते भई बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes