छाडा छोडिएका सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु - Pahilo Online

छाडा छोडिएका सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले हिमालयन् एनिमल रिसर्च ट्रष्ट (हार्ट) को प्राविधिक सहयोगमा नगरका छाडा छोडिएका सामुदायिक कुकुरहरुको आजदेखि फागुन २६ गतेसम्म बन्ध्याकरण कार्यक्रम सुरु भएको छ । नगरलाई रेविज रोग मुक्त बनाउने उद्धेश्य अनुरुप रेविज विरुद्धको खोप समेत लगाई कुकुरहरुको बन्ध्याकरण गरिएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए ।

मनकामना सामुदायिक वन उपभोक्ता समिति कार्यालय नजिकैको पार्कमा आयोजित शिविरमा हार्टका प्रवन्धक चन्द्र राईको अगुवाईमा ११ जनाको प्राविधिक टोलीले आज २८ पोथी सहित कुल ४८ कुकुरको बन्ध्याकरण गरिएको छ । कुकुरहरुलाई गाडीमा ल्याई वन्ध्याकरणपछि उनीहरुकै स्थानमा लगेर छोडिएको छ । यो वर्ष २ सय कुकुरको वन्ध्याकरण गरिने लक्ष्य रहेको छ । अघिल्लो वर्ष नगरका १ सय ६४ कुकुरको वन्ध्याकरण गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes