इटहरी उपमहानगरमा १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने - Pahilo Online

इटहरी उपमहानगरमा १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने

writer

सुनसरी । इटहरी उपमहानगरमा फागुन २३ देखि २७ गतेसम्म १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने भएको छ । वडा नम्वर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ । फागुन २३ र २४ गते वडा नम्वर २ को कार्यालयमा, वडा नम्वर ३ को आधारभूत स्वास्थ्य केन्द्रमा, वडा नम्वर ४ को सामुदायिक अस्पताल र वडा नम्वर ५ को परिवार नियोजन संघमा खोप लगाउने कार्यतालिका छ ।

यसैगरि १० देखि १३ नम्वर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ । वडा नम्वर १० को मनमोहन प्राविमा फागुन २५ गते, १७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म कोरोना विरुद्धको खोप लगाइने छ । वडा नम्वर १४ देखि १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म, वडा नम्वर १ को हाँसपोसा स्वास्थ्य चौकी भवनमा फागुन २३ र २७ गते, वडा नम्वर १९ को पञ्चालयत रजत निमाविमा फागुन २४ गते र वडा नम्वर २० को महिला असहाय भवन तरहरामा फागुन २५ र २६ गते खोप लगाउने कार्यक्रम रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

तेश्रो चरणमा ५५ बर्षमाथिका जेष्ठ नागरिक, विद्यालयका शिक्षक कर्मचारी, नीजि स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी, सार्वजनिक स्वास्थ्य सस्थाका चालक सहचालक र छुटेका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने छ । खोप अभियान सफल वनाउन जनप्रतिनिधि,स्वास्थ्यकर्मी,खोप कार्यकर्ता र सरोकारवाला विच छलफल गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes