कानेपोखरीमा यौनजन्य हिंसा, सचेतना र नियन्त्रण सम्बन्धि प्रशिक्षणात्मक कार्यक्रम - Pahilo Online

कानेपोखरीमा यौनजन्य हिंसा, सचेतना र नियन्त्रण सम्बन्धि प्रशिक्षणात्मक कार्यक्रम

writer

भोलानाथ भट्टराई

भोलानाथ भट्टराई

कानेपोखरी । मोरङको कानेपोखरीमा सोमबार यौनजन्य हिंसा, सचेतना र नियन्त्रण नामक एक दिवशिय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । कानेपोखरी ६ स्थित रमाइलो साकोस भवनमा स्थानिय पर्ल एकेडेमी विद्यालयको आयोजनामा सो प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश नं १ का सांसद सुयर्मा राज राई प्रमुख अतिथि रहेको कार्यक्रममा महिला तथा बालिकाहरुलाई यौनजन्य हिंसाबाट कसरी जोगाउन सकिन्छ भन्ने बिषयमा चर्चा गरिएको थियो । प्रशिक्षणात्मक कार्यक्रमको प्रशिक्षकको रुपमा ओरेक नेपालकि प्रतिनिधि खेम कुमारी दाहाल र नारी विकास संघकी शुसिला कार्कीले महिला तथा बालिकाहरु यौनजन्य हिंसामा पर्नुको कारण र यसको नियन्त्रण गर्ने उपायहरुको बारेमा ज्यादै सरल र सहजरुपमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रदेश १ का सांसद सुयर्मा राज राई ,स्थानिय राजनितीज्ञ जयराज संयोग, स्थानिय जनप्रतिनिधीहरु खड्ग बस्नेत, मोहन अधिकारी लगायतले शुभकामाना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानिय विद्यालयहरुका शिक्षक, शिक्षिका, विद्यालयका विद्यार्थी लगायतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व पर्ल एकेडेमीकी संचालिका मनु गुरुङले गरेकी थिइन । प्रशिक्षण कार्यक्रमको संयोजन विद्यालयका शिक्षक सुशील राईले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes