सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी - Pahilo Online

सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी

writer

सोलुखुम्बु । योङ्ग स्टार क्लबले सञ्चालन गरेको सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ। आइतबार राति करिब साढे १२ बजे आगलागी भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए।

सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा रहेको एफएमको स्टुडियोबाट सुरु भएको आगोले भवन समेत जलेको अध्यक्ष श्रेष्ठले बताए। आगलागीबाट एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको पारम्भिक अनुमान छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन।

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय, रेडियोका कर्मचारी, जनप्रतिनिधिको सहयोगमा करिब दुई घण्टामा आगो नियन्त्रणमा आएको थियो। २०६१ सालमा स्थापना भएको सोलु एफएम एक हजार वाट क्षमतामा प्रसारण भइरहेको छ। रेडियोको सामाग्री सबै जलेर नष्ट भएको हुँदा नियमित प्रशारणमा केही समय लग्न सक्ने समितिले जनाएको छ। (ब्लाष्टखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes