मेड मोडेलको लघु उद्यम विकास तालिम सम्पन्न - Pahilo Online

मेड मोडेलको लघु उद्यम विकास तालिम सम्पन्न

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा उद्यमशीलता विकासको योजना अनुरुप वडा नम्बर २ मा मेड मोडेलको लघु उद्यम विकास तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले मन्तव्य व्यक्त गर्दै स्थानीय युवा पुस्ता आफ्नो ठाउँ सुहाउँदो उद्यम गरेर व्यवसायिक वन्नुपर्ने कुरामा जोड दिए । नगरले उद्यमशिलता विकास तथा बजारीकरणमा सदा साथ सहयोग पुर्याउने बताए ।

‘व्यवसाय सचेतना सुरु र लैंगिक तथा सामाजिक समावेशीकरण तालिम’ समापन कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य अरुणा राईले वडालाई उद्यमशील वडाका रुपमा चिनाउन सजिलो प्रकारका उद्यम गर्नु पर्ने जनाए । कार्यक्रममा उद्यम विकास शाखा संयोजक हेमचन्द्र दहाल सहित २ प्रशिक्षार्थीले मन्तव्य व्यक्त गरे ।

२ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न ८ दिने तालिममा २ नम्बर वडाका ४१ जनाको सहभागिता रहेको थियो । तालिममा, वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नुभएको थियो । सो वडामा तालिममा सहभागिबाट बंगुर पालन र सिलाई कटाईमा उद्यमी बन्ने चाहना व्यक्त भएको छ । उद्योग, पर्यटन तथा आपूर्ति मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा पथरी शनिश्चरेमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको कार्ययोजना अनुरुप नगरपालिका कार्यालयमार्फत तालिम अघि बढेको हो ।

नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी प्रत्येक वडाबाट ७० प्रतिशत महिला हुनेगरी कम्तिमा ३०,३० जना छनोट गरिएको छ । वडा नम्बर १, २ र ३ मा सो कार्यक्रम लागू गरिएको छ । यसखाले तालिम वडा नम्बरमा ३ मा प्रदान भइसकेको छ । त्यहाँ बाख्रा र बंगुर पालन, सिलाई कटाई, मुढा बुन्ने र शैलुन सम्बन्धी उद्यम संचालनको योजना बनेको छ । अव वडा नम्बर १ मा तालिम बाँकी छ । उद्यम विकास तालिम लिनेका लागि थप शिपमुलक तालिम समेत प्रदान गरिने छ । सो कार्यक्रमका लागि मन्त्रालयबाट २५ लाख रुपैयाँ विनियोजित भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes