नविकरण सहित अपाङ्गता भएका १० जनालाई परिचयपत्र - Pahilo Online

नविकरण सहित अपाङ्गता भएका १० जनालाई परिचयपत्र

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको अपाङ्गता परिचयपत्र वितरण स्थानीय समन्वय समितिले आज नविकरण सहित अपाङ्गता भएका १० जनालाई परिचयपत्र प्रदान गरिएको छ ।

नगर उपप्रमुख एवम् समन्वय समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा स्वास्थ्यकर्मीले अपाङ्गता भएका व्यक्तिहरुको अवस्था प्रत्यक्ष जाँच गरेर परिचयपत्र निर्माण तथा वितरणको काम भएको हो । जसमा ३ जनालाई पूर्ण असक्त अपाङ्गताको ‘क’ वर्गको ( रातो ), ६ जनालाई अति असक्त अपाङ्गताको ‘ख’ वर्गको ( नीलो) र १ जनालाई मध्यम असक्त अपाङ्गताको ‘ग’ वर्गको ( पहेलो) रंगको परिचयपत्र प्रदान गरिएको समितिको सदस्य सचिव विमला अधिकारीले जनाउनु भयो ।

साथै समितिको बैठकले प्रत्येक महिनाको १५ र ३० गते वितरण हुँदै आएको अपाङ्गता परिचयपत्र वितरण कार्य अव महिनाको १० र २० गते वितरण गरिने निर्णय गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes