नेपाली महिला फुटबलमा पहिलोपटक विदेशी प्रशिक्षक - Pahilo Online

नेपाली महिला फुटबलमा पहिलोपटक विदेशी प्रशिक्षक

writer

नेपालले औपचारिक रुपमा अन्तर्राष्ट्रिय महिला फुटबलमा सहभागिता जनाउन थालेको ३६ वर्षपछि पहिलो पटक विदेशी प्रशिक्षक पाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा पूर्व अष्ट्रेलियन फुटबलर गेरी फिलिप्सलाई नियुक्त गरेसँगै महिला फुटबलमा विदेशी प्रशिक्षकको प्रवेश भएको हो।

२०१९ जुलाईबाट एक वर्षका लागि नेपालमा टेक्निकल डाइरेक्टरको रुपमा नियुक्त फिलिप्सलाई साफ महिला च्याम्पियनसिप र एएफसी वुमन्स एसियन कप क्वालिफायरलाई लक्षित गर्दै प्रशिक्षकको जिम्मेवारी सुम्पिएको एन्फाले जनाएको छ। टेक्निकल डाइरेक्टरको सम्झौता अवधि सकिनुअघि उनले नेपाली फुटबलसँगको सम्बन्ध लम्ब्याउन चाहेको बताएका थिए।

मुख्य प्रशिक्षक नियुक्त हुनेबित्तिकै फिलिप्सले नेपाली महिला फुटबल टिमको लागि एसियन कप खेल्ने अवसर रहेको बताएका छन्। ‘हामीसँग महिला फुटबल विकासको धेरै अवसर छन्। महिला लिगपछि नयाँ प्रतिभाहरुको उजागर गर्न सहज भएको छ। हामी अहिले एसियाली वरीयतामा सम्भवतः १५ औँ स्थानमा छौँ। १२ टिमले एसिया कप खेल्नेछन्। वरीयता ११–१२–१३–१४–१५–१६ नजिकै छन्। त्यसकारण हामीसंग पहिलो पटक एसिया कपमा छनौट हुने राम्रो अवसर छ’ उनले भने।

नयाँ मानसिकता योजना, लक्ष्यसहित आगामी महिनाबाट क्याम्प सुरु गर्ने योजना रहेको उनले बताए। विभागीय टोलीबाट खेलाडीहरू छनोट गरेर आगामी जुनसम्म २५–२६ जना हुँदै एसियन कपको लागि २३ जना छनोट हुने उनले सुनाए। अवसर पाएको खण्डमा महिला फुटबलमा नेपालमा धेरै सम्भावना रहेको फिलिप्सले सुनाए।

सावित्रा भण्डारी चोटग्रस्त भएपछि आफू दुखी भएको उनले सुनाए। ‘उनी नेपालमा महिला सेलिब्रेटी हुन् उनले युरोपका मात्र नभई विश्वका धेरै उच्च तहका प्रतियोगिता खेल्न सक्छिन्।’ फिलिप्सले भने, ‘साम्बा चाँडै निको भएर राष्ट्रिय टोलीमा फर्किएको हेर्न मन छ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes