जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएपछि धरान उपमहानगरपालिकाको आठौं नगरसभा आधा घन्टामै सकियो - Pahilo Online

जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएपछि धरान उपमहानगरपालिकाको आठौं नगरसभा आधा घन्टामै सकियो

writer

धरान । धरानको खानेपानी समस्या समाधान गर्न माग गर्दै धरानका केही जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएपछि धरान उपमहानगरपालिकाको आठौं नगरसभा आधा घन्टामै सकिएको छ । निर्धारित समयभन्दा करिब ३ घन्टा ढिलो सुरु भएको नगरसभा प्रदेश १का सभामुख प्रदीपकुमार भण्डारी र प्रदेश सांसद् चन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गर्ने वित्तिकै सकिएको हो ।

धरानको खानेपानी समस्या समाधान गर्न माग गर्दै धरानका केही जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएपछि नगरसभा केही घन्टा ढिलो भएको थियो । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूह निकटका स्थानीय कार्यकर्ताहरुको बाहुल्यता रहेको टोलिले नगरसभा हलमै पुगेर नारा जुलुस गरेपछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले फागुन २१ गतेसम्म धरान खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा गाभेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । मेयर राईको प्रतिवद्धतापछि उपमहानगरपालिकाको आठौं नगरसभा सुरु भएको थियो ।

अब नगरसभाको अर्को बैठक फागुन २१ गते बस्ने छ । सो बैठकमा बजेट संशोधन, संघसंस्था दर्ता सम्बन्धित ऐन र आर्थिक प्रशासन सम्बन्धि ऐन प्रस्तुत गर्ने कार्यसुचि रहेको छ । आज सोमबार विहान भएको उपमहानगरपालिकाको नगरसभा सञ्चालन समितिको बैठकमा फागुन २० भित्र खानेपानीको समस्या समाधान गर्ने निर्णय भएको थियो । (ब्लाष्ट खबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes