इटहरीमा दुइहप्ताका विचमा तीन वटा वडा कार्यालय भवन शिल्यान्यास - Pahilo Online

इटहरीमा दुइहप्ताका विचमा तीन वटा वडा कार्यालय भवन शिल्यान्यास

writer

इटहरी । इटहरी उपमहानगरमा वडा कार्यालय भवन निर्माणलाई तिव्रता दिइएको छ । यहि आर्थिक बर्षमा आठ वटा वडामा वडा कार्यालय निर्माण गर्ने योजना छ । यसैक्रममा दुइहप्ताका विचमा तीन वटा वडा कार्यालय भवन शिल्यान्यास गरिएको छ । वडा नम्वर ५,९ र ८मा भवन शिल्यान्यास गरिएको हो । विहान उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर ८ को वडा कार्यालय भवनको शिल्यान्यास गरेका हुन् । वडाध्यक्ष रोहित चौधरीकी आमा सविता चौधरीले प्रदान गरेको २२ धुर जग्गामा वडा कार्यालय भवन शिल्यान्यास गरेका हुन् । शिल्यान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले जग्गा उपलब्ध गराउने सविता चौधरी प्रति आभार ब्यक्त गरे । उनले आफनो सम्पूर्ण ध्यान विकास निर्माणमा भएको वताए । यो आर्थिक वर्षमा एक अर्व वढिका विकास निर्माणका योजना कार्यावन्यन गरिने जानकारी दिए । वडाध्यक्ष रोहित चौधरीले आफूले चुनाव ताका गरेको वाचा वमोजिम वडा कार्यालय भवन निर्माण सुरु भएकोमा खुशि ब्यक्त गरे । नगरपालिकाका इन्जिनियर जीवन घिमिरेले ८६ लाख ३४ हजार ४ सयको लागतमा दुईतले अपांगतामैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण हुने जानकारी दिए । वडा सदस्य खुपराज शर्माले जग्गादाता सविता चौधरी र भवन निर्माणका लागि वजेट विनियोजनका लागि उपमहानगरलाई धन्यवाद ज्ञापन गरे ।

ढेकेदार कम्पनीका रुद्र वास्कोटाले निर्माण अवधि १ बर्षको भएपनि दशै सम्ममा भवन निर्माण गरिसक्ने प्रतिवद्धता जनाए । इटहरी उपमहानगरको वडा नम्वर दुईको नयाँ कार्यालय भवन निर्माण भइसकेको छ । इन्जिनियर जीवन घिमिरेका अनुसार यसअघिनै नै आठ वटा वडा आफनै भवनमा छन । यो आर्थिक वर्षमा आठ वटा भवन निर्माण हुने छन । वाँकी चार वटा वडाको वडा कार्यालय भवन अर्को आर्थिक बर्षमा निर्माण गरिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes