एपीएफ राष्ट्रिय महिला लिग च्याम्पियन - Pahilo Online

एपीएफ राष्ट्रिय महिला लिग च्याम्पियन

writer

काठमाडौं । विभागीय टिम एपीएफ क्लबले अपराजित रहदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै एपीएफ अपराजित रहदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गरिन् । यस्तै अनिता केसीले एक गोल गरिन् । खेलको ४५ औं मिनेटमा सरुले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनले अनिता केसीको पासलाई सदुपयोग गरिन् ।

खेलको ८६ औं मिनेटमा अनिताले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाईन् । गोलकिपरको गल्तीमा अनिताले हेडमार्फत गोल गरेकी हुन् । त्यसपछि खेलको इन्जुरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को जित दिलाईन ।

आर्मीका गोलकिपर अन्जना राना मगर अघि बढेको अवस्थामा सरुले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेकी थिइन् । जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले लगातार तेस्रो पटक लिगको उपाधि जितेको हो ।

एपीएफले १२ खेलमा ३६ अंक जोड्यो । लिगको अन्तिम खेलमा पराजित आर्मी उपविजेता बन्यो । आर्मीले १२ खेलमा २६ अंक जोड्न सफल भयो । उपाधिसंगै एपीएफले १५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ८ लाख प्राप्त गर्यो । तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेका छन् । चन्द्रपुर नगरपालिकाले फेयर प्ले अवार्डसहित १ लाख ५० हजार प्राप्त गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • सह–सम्पादकः विजयकुमार पाठक (काठमाडौं)
  • प्रबन्ध निर्देशकः मोहनप्रसाद भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes