नगर भित्रका सहकारीहरुको निरीक्षण तथा अनुगमन् - Pahilo Online

नगर भित्रका सहकारीहरुको निरीक्षण तथा अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर भित्रका सहकारीहरुको निमयमानुसार सञ्चालनको अवस्थाका बारेमा निरीक्षण तथा अनुगमन् थालेको छ ।

हालसम्म वडा नम्बर २ र ५ का केही सहकारीहरुको अनुगमन् भएको छ । सहकारी ऐन बमोजिम सञ्चालन गर्न तथा समयमा आफ्नो विवरण नगरपालिका कार्यालयमा पेश गर्न सुझाव दिइएको छ । साथै सञ्चालनमा समस्या भएमा शेयर सदस्यको भेला बोलाएर एकीकरण गर्न वा अन्य कुनै उपायमार्फत सहकारीको व्यवस्थापन गर्न समेत सुझाव दिइएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जानकारी दिए ।

नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, लेखा अधिकृत शान्तबहादुर थापा, सहकारी शाखा प्रमुख केशवदेवी धमला, जिल्ला वचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोइराला, वडाका जनप्रतिनिधिको सहभागितामा नगरमा त्यस प्रकारको निरीक्षण अनुगमन् अघि बढेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes