कृषी उत्पादन बढाउन कृषकलाई सिंचाई मोटर वितरण - Pahilo Online

कृषी उत्पादन बढाउन कृषकलाई सिंचाई मोटर वितरण

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. ४ ले कृषकहरुलाई पानी तान्ने सिंचाई मोटर वितरण गरेको छ । सिंचाईको अभावमा खेतीयोग्य जग्गा बाँझो राख्ने समस्या समाधान गरी कृषि उत्पादनमा बृद्धि गर्ने लक्ष्यका साथ कृषकहरुलाई वडा कार्यालयले सिंचाई मोटर वितरण गरेको हो । बुधबार वडाभरीका कृषकहरुलाई १० समूहमा विभाजन गरी मोर्टर वितरण गरिएको हो ।

वडा कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ को कृषी अन्तरगत छुट्याएको बजेट मध्येबाट ३ लाख रुपैयाँमा सिंचाई मोर्टरमा पचास प्रतिशत अनुदान दिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । जसमा उपभोक्ताका तर्फबाट ३ लाख ५० हजार रुपैयाँ संकलन गरिएको थियो ।

वडाका भाथिभरा टोल, खड्का टोल, सिरिसेडाँडा, नयाँ सोमबारे, जरायोडोल, पिप्ले टोल, सिरिसे शुक्रबारे, शान्तिचोक पूर्व, मगरटोल र मंगलबारेका कृषकहरुको समूह बनाएर १० वटा पानी तान्ने मोर्टर वितरण गरेको हो । ४ नं. वडाकार्यालय परिसरमा आयोजित यन्त्र हस्तान्तरण समारोराहमा वडाध्यक्ष भण्डारीले कृषि यन्त्र हस्तान्त्ररण गर्दै प्रविधि प्रयोगले कृषि उत्पान वृद्धिसँगै व्यवसायिक कृषि प्रणालीलाई टेवा पुग्ने विश्वास व्यक्त गरे । वडाध्यक्ष भण्डारीले यन्त्रको सही सदुपयोगले थप रोजगारी समेत सिर्जना हुन सक्ने दाबी गरे ।

वडाध्यक्ष गोविन्दबहादुर भण्डारीसहित वडा सदस्य, वडा सचिव र कर्मचारीको उपस्थितिमा उक्त मोर्टर सेट वितरण गरिएको थियो । जसमा टिकाप्रसाद तिम्सिनाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी कृषक समूह छनौट गरिएको थियो । समितिको सचिवमा उदयबहादुर विश्वकर्मा, कोषाध्यक्षमा सुचित्रा विष्ट कार्की र सदस्यहरुमा मचिन्द्रकुमार तामाङ, देउमाया राई, हरिप्रसाद गौतम र बुद्धमाया खड्का रहेका छन् ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes