पथरी शनिश्चरे नगरको हिउँदे अधिवेशन् फागुन २८ गते - Pahilo Online

पथरी शनिश्चरे नगरको हिउँदे अधिवेशन् फागुन २८ गते

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको हिउँदे अधिवेशन् यही फागुन २८ गते हुने भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको आजको कार्यपालिका बैठकले ऐन, कानून, कार्यविधि, निर्देशिका पारित गर्ने तथा अर्धवार्षिक कार्य समीक्षा समेतका लागि फागुन २८ मा हिँउदे अधिवेशनका रुपमा नगरसभा गरिने निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी दिए । कोरोना भाइरसको संक्रमणको अवस्था हटिनसकेकाले सिमीत भेलामाझ नगरसभा सम्पन्न गर्ने समेत निर्णय भएको पनि उहाँले जानकारी गराए ।

बैठकले, कृषि सिंचाई शिर्षकमा रहेको ४० लाख रुपैयाँ प्रति वडा ४ लाखका दरले वडाभित्रका आवश्यकताका आधारमा वडा समितिले सिंचााईका योजनाहरुमा समावेश गराउने पनि निर्णय भएको छ । यसका साथै भूमि आयोगको जारी लगत संकलन कार्यलाई तीव्रता दिँदै फागुन १४ गते अगावै सम्पन्न गरिसक्नु पर्ने निर्देशन बमोजिम थप गरिएका लगत संकलन सहयोगीहरुका लागि खाजा भत्ताको व्यवस्थापन गर्ने कुराको पनि अनुमोदन गरिएको छ । बैठकमा ‘लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७’ पारित भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes