भद्रपुर प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भोलिबाट - Pahilo Online

भद्रपुर प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता भोलिबाट

writer

झापा । भद्रपुरमा प्रथम मेयर कप नगरस्तरीय टी–२० लिग क्रिकेट प्रतियोगिता फागुन भोलिबाट सुरु हुने भएको छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम भद्रपुर नगरपालिकाको मेची रङ्गशाला पहिलो पटक मेयर कप नगरस्तरीय टी–२० लीग क्रिकेट प्रतियोगिता हुन लागेको हो। ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराकासाथ भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको क्रिकेट उपसमितिले उक्त प्रतियोगिता गर्न लागेको हो।

समितिका संयोजक श्यामकुमार राउतले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीकाबारेमा जानकारी गराए। क्रिकेट खेलको बिकास र खेलाडीहरूको पहिचान गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागेको उनले जानकारी दिए। प्रतियोगितामा विजेता टीमलाई नगद २० हजार र उपविजेता टीमलाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिने समितिका सदस्य राजन भट्टराईले जानकारी दिए। त्यस्तै उत्कृष्ट बलर, उत्कृष्ट व्याट्स्मेन, म्यान अफ द म्याच, म्यान अफ द सिरिज हुने खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ।

प्रतियोगिता आइसिसीको नियम अनुसार एक दिनमा दुई वटा मात्र खेल खेलाइने आयोजकले जनाएको छ। भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले संघीयता पश्चात् पहिलो पटक नगरमा मेयर कप क्रिकेट प्रतियोगिता हुन लागेको बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • सह–सम्पादकः विजयकुमार पाठक (काठमाडौं)
  • प्रबन्ध निर्देशकः मोहनप्रसाद भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes