कानेपोखरी गाउँपालिकामा पशुमा निःशुल्क खोप अभियान निरन्तर - Pahilo Online

कानेपोखरी गाउँपालिकामा पशुमा निःशुल्क खोप अभियान निरन्तर

writer

कानेपोखरी । मोरङको कोनपोखरी गाउँपालिकामा पशुमा निःशुल्क खोप लगाउने अभियान चलिरहेको छ । पालिको ७ वटै वडामा निःशुल्क खोप माघ २६ गते सुरु भएको थियो । फागुन २६ गते खोप समापन हुनेछ । पशु सेवा शाखा र भेटेनेरी अस्पताल पशु सवा विज्ञ केन्द्रको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम अन्तरगत निःशुल्क खोप लगाउने अभियान सुरु गरेको हो ।

खोप अभियानमा १० हजार बाख्रामा पिपिआर, ५ हजार गाई भैसीमा खोरेत र १५ सय बंगुरमा स्वाइ्न फिभर खोप लगाईने गाउँपालिका पशु सेवा शाखाका अधिकृत गणेश रेग्मीले बताए । ७ वटै वडाका किसानहरुको आफ्नो पायक पर्ने स्थानमा केन्द्र स्थापना गरी खोप सञ्चालन गरेको अधिकृत रेग्मीले बताए ।

गाउँपालिकाले पशुहरुमा रोग गाग्न नदिन र आर्थिक क्षति न्यूनिकरण गर्ने उदेश्यले खोप अभियान सुरु गरेको हो । विशेष गरेर व्यवसायिक फार्म, पशु भित्रिने स्थान, पशुपन्छी आवतजावत हुने क्षेत्र र विगतमा रोग फैलिएको क्षेत्रलाई प्राथमिकतामा राखेर खोप सञ्चालन गरेको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख डम्बर बहादुर राईले बताए ।

खोप सञ्चालनको लागि ४ जना भ्यान्सिनेटरले वडाका प्रत्येक केन्दमा गएर खोप लगाई रहेका छन् । अहिले गाउँपालिकाको पशुपन्छीमा पिपिआर खोरेत, स्वाइन फिभर रोगहरु देखा परेको पशु सेवा शाखाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes