शनिश्चरे बजारमा प्रकृति चस्मा घर तथा आँखा उपचार केन्द्र सञ्चालन - Pahilo Online

शनिश्चरे बजारमा प्रकृति चस्मा घर तथा आँखा उपचार केन्द्र सञ्चालन

writer

पथरी शनिश्चरे । पथरी शनिश्चरे ९ शनिश्चरे बजारमा प्रकृति चस्मा घर तथा आखाँ उपचार केन्द्र सञ्चालनमा आएको छ । मंगलबार विधिवत रुपमा वडा नं. ९ की वडा सदस्य निर्मला गदालले रिवन काटेर उद्घाटन गरेकी हुन् । आफ्नै ठाँउमा चस्मा घर तथा आँखा उपचार केन्द्र स्थापना भएकोमा खुशी व्यक्त गर्दै उनले व्यवसायीक सफलताको शुभकामना दिएकी थिइन्।

स्थानीय स्तरमै सर्वसाधारणलाई आखाँ सम्बन्धि सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याएको प्रोपाइटर पदमलाल बास्कोटाले जानकारी दिए । अत्याधुनिक मेसिनको प्रयोग गरी आखाँको जाँच, पुर्जा अनुसारको पावर चस्मा, प्रोग्रेसिप लेन्स, कन्ट्रयाक लेन्स साथै फेन्सी चस्मा सुपथ मूल्यमा विक्रि वितरणको सेवा उपलब्ध गराइने छ ।

हप्ताको एक दिन डा. ललन रायको सेवा र डा. लिलाकान्त चौधरीबाट हरेका दिन ओपिडि सेवा विहानको ९ बजेदेखी बेलुका ५ बजे सम्म सेवा उपलब्ध रहनेछ। डा. लिलाकान्त चौधरी बिराटनगरको एक प्रतिस्थित आँखा अस्पतालमा अनुभव पाप्त डाक्टर हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई
  • सह–सम्पादकः विजयकुमार पाठक (काठमाडौं)
  • प्रबन्ध निर्देशकः मोहनप्रसाद भट्टराई

© Copyright 2017 - 2021 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes